शान्ति कुमारी शाही
प्रधानाध्यापक
नर बहादुर रावत
विद्यालय व्यवस्थापन समिति अध्यक्ष
।।।।।।।।।।
शिक्षक अभिभावक सघ अध्यक्ष
बलराज रोकाया
सुचना अधिकारी
नेपाली राष्ट्र भाषाको जन्मस्थल मध्यकालिन इतिहासमा मल्ल राजाको वर्षेयामको राजधानी प्राचिन युगमा पाँचपाण्डव र विराट राजाको बासस्थान कर्णाली प्रदेशको ऐतिहाँसिक थलो जुम्ला जिल्ला सिंजा उपत्यकाको कनकासुन्दरी गाउँपालिका वडा नं ७ मा पर्ने सबै भन्दा ठुलो मैदान खिच्चनेमा अवस्थित हालको श्री मालिका माध्यामिक विद्यालय खिच्चने जुम्ला जिल्लाकै शैक्षिक जगतमा एक उदाउदो ताराको रुपमा देखापरेको छ ।
यस विद्यालयको स्थापना हुनुभन्दा पहिले यो विद्यालय भएको ठाउँ विगतको पाण्डुगुफा गाविस र हाल कनकासुन्दरी गाउँपालिका वडा नं ७ को पशु वस्तु चराउने सार्वजनिक स्थलको रुपमा प्रयोग गरियको थियो । यस विद्यालय क्षेत्रभित्र रहेका जनताहरु शिक्षाको उज्यालो बाट बञ्चित भएकाले जनताहरुलाई शिक्षाको ज्योती फैलाउनको निमित्त तत्कालिन अवस्थाका सम्पूर्ण अभिभावक वि व्य स शिक्षक र शिक्षा प्रेमी श्री रतन सिहं कार्की, देवि सिंह कार्की, भक्त बहादुर कार्की, कालि बहादुर घर्ती ,धन बहादुर घर्ती, मन प्रसाद उपाध्याय, गजेन्द्र बहादुर कार्की, नौलाराज कार्की, लुवारे कार्की र मोति सिह कार्की हरुको गहन भूमिकामा र सक्रियतामा वि स २०३६ साल बैशाख २२ गते बाट रानिसैन र देहारपाटा बासिहरुको सक्रिय सहयोग र श्रमदान बाट ६ कोठे भवन निर्माण गरी औपचारिक रुपले प्राथामिक कक्षा संचालन भइ पठनपाठन भएको थियो । यस विद्यालयको नामाकरण स्थापना देखि भगवतीको नाम बाट श्री मालिका प्राथमिक विद्यालय खिच्चने रहन गएको थियो । त्यस अवधिमा प्रथम प्रधानाध्यापक श्री हरिनन्द भट्ट खत्री रहेका थिए । यसरी तत्कालिन अवस्थामा सम्पर्ण अभिभावक वि व्या स शिक्षक र शिक्षा प्रेमीहरुको गहन भूमिका र सक्रियतामा वि. स २०५८ साल श्रावण १६ गते नि.मा.वि कक्षा ६ स्वीस्कृत भइ नि.मा.वि कक्षाहरु संचालन भई पठनपाठन भएको थियो । साथै यस क्षेत्रमा रहेका बुद्धिजीवी र शिक्षा प्रेमीहरुको निरन्तर सहयोगले वि. स २०७१/४/१६ गतेमा माध्यामिक स्तर कक्षा ९ को अस्थायी अनुमती प्राप्त गरी कक्षा संचालन गरिएको छ । साथै यस समय अवधिका प्रधाध्यापकको भूमिकालाई झनै भुल्न सकिदैन । जुम्ला बजार बाट करिब दुई कोष टाढा पर्ने यस विद्यालयको शैक्षिक क्षेत्रमा सदरमुकाममा रहेका विद्यालयहरुलाई समेत उछिन्न सफल भएको छ । यस हुनुको प्रमुख कारण समर्पित शिक्षक लगनशिल विद्यार्थी जिम्मेवार व्यवस्थापन जागरुक समुदाय स्वच्छ र पारदर्शी प्रशासन एवम माथिल्लो निकाय संग सिन्धुको मिलनले सफलको परिणाम हो भन्न सकिन्छ ।
हिमा गा पा वडा ५ अवस्थित श्री रुपाकोट आधारभुत विद्यालय जिल्लाको सदरमुकाम वाट ४५ कि.मी., हिमा गापा देखि ४ मीटर. समुदाय देखि ५०० .मी. टाढा रहेको छ । यस विद्यालयको स्थापना २०४० सालमा यस वडाका समाजसेवी हरु मिलेर गरेका थिए । विद्यालय स्थापनाका लागि यस ठाउमा रहेको सावर्जनीक जग्गा लाई विद्यालयका प्रयोग गर्ने सहमती गरेका थिए । विद्यालय कक्षा ८ सम्म संचालन छ । साविक कालिकाखेतु गा.वि.स.बडा नं.९ बिकट बस्ती बाजाँगाडाँ गााउँ २३०० मिटर उचाइमा रहेको छ ।यो विद्यालय हाल हिमा गाँउपालिका ५ मा रहेको छ । यस विद्यालयको नाम श्री रुपाकोट आ.वि. रहेको छ । यस विद्यालयको सेवा क्षेत्र हिमा गापा ५ को २०० घरधुरी समेटेको छ । यस विद्यालयमा जम्मा विद्यार्थी २३७ जना रहेका छन । यस विद्यालयको स्थापना काल देखि हाल सम्मका भौतिक संरचनाहरु ४ वटा भवनका १० वटा कोठाहरु रहेका छन । अन्य भौतिक संरचनाहरु हाल भएका २ वटा भवनहरु जिर्ण छन भने हाल भएका खानेपानी, शौचालयको उचित स्थानमा राम्रो र सबैलाई प्रयोग गर्न सक्ने अवस्थामा नभएकाले यी संरचनाहरुको जोखिम रहेको छ । हाल विद्यालयमा पठनपाठनका लागी आउने विद्यार्थीहरुलाई सडक र गोरटो प्रयोग गरेर आउने हुदा दुर्घटना हुन सक्ने संम्भावना छ । यसै गरी समुदाय वाट विद्यालयमा आउदा जादा बाटो को अवस्था जोखिम रहेको छ ।
विद्यालयको नाम : श्री रुपाकोट आधारभुत विद्यालय
स्थापना : २०४० साल
स्थापना गर्ने ब्यक्ति : समूदाका ब्यत्तिहरु
ठेगाना : हिमा गाँउपालीका ५बाजाँगाँडाु जुम्ला
विद्यालयको क्षेत्रफल : ५ रोपनी
विद्यालयले समेटेका वडा समुदाय : हिमा गा पा ५
विद्यालयले समेटेका घरधुरी : 200
विद्यार्थी संख्या : जम्माः २३७ (छात्रः१०० छात्र ः१३७) अपाङ्गता ६ छात्र ९ छात्रा
शिक्षक संख्या : जम्माः ७ जना – ः७जना शिक्षक ः ४ जना शिक्षिका)
चर्पी संख्या : २ वटा
भवन संख्या कोठा संख्या : ३ वटा भवन १० कोठा
खानेपानी : धारा १
पुस्तकालय : छैन
कम्पियुटर सेट : कम्पियुटर इन्जिनिरिङ्ग शिक्षा छैन
शैक्षिक सामाग्रीहरु : छैन
कार्यालय कोठा : १ छ ब्यवस्थित
बिद्यालय ब्यवस्थापन समिति : जम्माः ९ जना –महिलाः४ पुरुष ः ५)
विद्यालय सुधार योजना : छ अध्यावधिक भएको
विद्यालय आईपुग्ने बाटो किसिम्म गा.पा. : कच्ची १ कि मि.
समुदाय देखि : कच्ची बाटो.
विद्यालय प्र.अ. : शान्ती कुमारी शाही
सहभागीतामुलक समावेशी संकटासन्नता क्षमता विश्लेषण (PVCA)
विद्यालय सुधार योजना
वार्षिक पात्रो